कोरोना स‌ंक्रमणबाट गर्भवती महिलाको मृत्यु

नेपालगञ्ज २०७७ , १ पुस  : बाँकेमा उपचाररत कञ्चनपुरकी कोरोना संक्रमित गर्भवती महिलाको गएराति मृत्यु भएको छ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी शुक्लाफाँटा १० की २६ वर्षीय गर्भवती महिलाको गएराति सवा १ बजे मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए।

उनी ३० हप्ताको गर्भवती थिइन्।  यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि गएका ७० जना करोना सङ्क्रमितको मृत्यु भएको छ।

 

सम्बन्धित खवर

Back to top button