वडाअध्यक्षले नै अरुसबैलाई तपाइँ दलित मिहिला सदस्यलाई मात्रै तिमी भनी सम्बाेधन गरेपछि…

काठमाडौं : पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारले वडाअध्यक्षले आफूलाई अ’पमान गरेको बताएकी छिन् । उनले वडाका अध्यक्ष प्रकाश पौडेलले अरु सदस्यलाई तपाइँ भनि सम्बोधन गर्दा आफूलाई तिमि भन्ने गरेको गु’नासो गरेकी हुन् ।

पौडेलले वडामा कुनैपनि योजनाबारे निर्णय गर्दा आफूहरूसँग सरसल्लाह नै नगरी काम गर्ने गरेको समेत सदस्य परियारले सुनाईन । ‘वडामा १ लाख रुपैयाँबराबरको विद्यालय पोसाक बाँड्ने योजना थियो, महानगरका महिला जनप्रतिनिधिको टोली ५ नम्बर प्रदेश भ्रमणमा नि’स्किएका बेला मलाई थाहै नदिई वडाध्यक्षले पोसाक बाँड्नुभएछ ।’ उनले भनिन् ।

उता वडाअध्यक्ष पौडेलले भने दलित महिला जनप्रतिनिधिप्रति आफूले कुनै प्रकारको भे’दभाव नगरेको दा’वी गर्दै आएका छन् । व्यक्तिभन्दा कार्यक्रम मुख्य भएकाले वडा सदस्य परियारको अनुपस्थितिमा पोसाक वितरण गरेको उनकाे भनाइ छ । ‘उहाँ आफैं जिम्मेवार हुनुहुन्छ, मैले त्यस्तो केही सोचेको छैन, सुधार गर्नुपर्ने रहेछ भने गर्छु ।’ उनले भने ।

सम्बन्धित खवर

Back to top button