रवि लामिछाने र युवराज कँडेलकाे ब’यान सुरु

काठमाडौं : स्वर्गीय पत्रकार शालिकराम पुडासैनी मृ’त्यु प्र’करणमा प’क्राउ परेका न्युज २४ बाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ प्रस्ताेता रवि लामिछाने र साेही टेलिभिजनकै युवराज कँडेलको जिल्ला अ’दालत चितवनमा ब’यान सुरु भएको छ । पत्रकार पुडासैनीले म’र्नुअघि आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियोको आधारमा अनुस’न्धानका लागि प’क्राउ परेका संचारकर्मी लामिछाने, र कँडेलको ब’यान केहिबेर अघि जिल्ला अदालत चितवनमा सुरु भएको हो ।

उकत प्रकरणमा पक्राउ परेकी अस्मिता कार्कीको भने हिजाे आइतबा नै रबयान सकिएको थियो । आइतबार जिल्ला प्रहरी कार्यलयले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदन अध्ययन गरि सरकारी वकिल कार्यालयले तिनैजनालाई मुलुकी अपराध संहिताको दफा १८५ मा मुद्दा दर्ता गराएको थियो ।

लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान सकेपछि प्रहरीले तिनैजनालाई दुरुत्साहन गरेको अभियोग लगाउन सुझाव दिएको थियो । लामिछाने र युवराज कँडेलको बयान पश्चात हुने थुनछेक बहसपछि लामिछानेसहित ३ जनालाई साधारण तारेखमा, धरौटीमा रिहा वा पूर्पक्षका लागि थुनामा पठाउने तिन विकल्प मध्ये अदालतले एक आदेश दिने बताइएको छ ।

भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलको कोठाभित्र गत साउन २० गत्ते राति झुण्डिएको अवस्थामा फेला परेका पत्रकार पुडासैनीले एक भिडियो मार्फत संचारकर्मी लामिछाने ,युवराज कंडेल र अस्मिता कार्कीलाई दोष लगाएका थिए ।

सम्बन्धित खवर

Back to top button