दुईजना मिलि एक किशाेरीलाई फकाइफुलाई गेष्ट हाउसमा लिएर बला’त्कार

काठमाडौं : दुई युवक मिलि १७ वर्षीया किशोरीलाई फकाइफुलाई कल‌ंकीकाे पशुपति गेष्ट हाउसमा लिएर बला’त्कार गरेकाे आ’राेपमा एकजना पक्राउ परेका छन् । दैलेख घर भएकी किशोरीमाथि कु’कर्म गरेको आ’रोपमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठलाई प्रहरीले निय’न्त्रणमा लिएको हो ।

किशाेरीमाथि सामूहिक कर’णी गर्ने अर्का एकजना भने फरार रहेकाे प्रहरीले जनाएकाे छ । फरार रहनेमा धादिङकै ३० वर्षीय मदन थापा मगरलाई प्रहरीले तिब्र रुपमा खोजि कार्य जारी राखेकाे छ । प्रहरीले पिडित किशोरीको नाम गोप्य राखेको छ ।

किशोरीलाई ललाईफकाई कलंकीको पशुपति गेष्ट हाउसमा लगेर जब’रजस्ती गरेको उजूरी परेपछि प्रहरीले श्रेष्ठलाई निय’न्त्रणमा लिएकाे हाे । प्रहरीका अनुसार अर्का फरार अभियुक्तकाे खोजि अघि बढाइएकाे छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button