एसपी मल्लकाे नामबाट नक्कली फेसबुक एकाउन्ट खाेल्नेलाई का’रबाही हुँदै

काठमाडौं : जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक आइडी खोलेर बदनाम गर्ने उद्देश्यले रवि लामिछानेसँग विषयलाई जाेडेर नकरात्मक स्टाटस राख्नुका साथै ‘अ’श्लिल स्टाटस’ राखेकाे पाइएकाे छ । भारतपुरमा बसोवास गर्ने दानबहादुर मल्ल भन्दै खोलिएको एकाउन्टमा प्रहरी प्रमुखकाे बदनाम गर्ने नियतले नक्कली आइडी खाेलेकाे प्रति जिल्ला प्रहरी कार्यालय चितवनले ध्याना’कर्षण भएको जनाएको हो ।

पत्रकार शालिकराम पुडासैनी प्र’करणमा प’क्राउ परेका संचारकर्मी रवि लामिछानेलाई फ’साउन मेयर रेणु दाहालले एसपी मल्ललाई १४ करोड दिएको भन्दै स्टाटस लेखिएको उक्त एकाउन्ट बारे अनुस’न्धान भइरहेको एसपी मल्लले जानकरी दिए । प्रहरी प्रमुख मल्लका अनुसार उक्त नक्कली फेसबुक एकाउन्ट केन्द्रीय अनुस’न्धान ब्यूरो (सीआईबी)बाट समेत अनुस’न्धान भइरहेको छ । यसबारे अनुस’न्धान भइरहेको भन्दै घटनामा संलग्न जोसुकै भएपनि कानुनी दायरमा ल्याएर छाड्ने एसपी मल्लले बताए ।

भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको कंगारु होटलको कोठाभित्र गत साउन २० गत्ते राति मृ’त अवस्थामा फेला परेका पत्रकार पुडासैनीले एक भिडियो मार्फत संचारकर्मी लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीले आफूलाई म’र्न बाध्य बनाएको आ’रोप लगाएका थिए ।

सोहि आ’रोपमा जिल्ला प्रहरी कार्यालय चितवनले करिब १० दिन लामो अनुस’न्धान पछि गत आइतबार जिल्ला प्रहरी कार्यलयले बुझाएको रायसहितको अनुस’न्धान प्रतिवेदन अध्ययन गरि सरकारी वकिल कार्यालयले तिनैजनालाई मुलुकी अप’राध संहि’ताको दफा १८५ मा मु’द्दा दर्ता गराएको थियो । सोमबार अ’दालतको आ’देशपछि लामिछाने र कँडेल क्रमश ५ लाख र ३ लाख धरौ’टीमा र अस्मिता कार्की साधारण ता’रेखमा छु’टेका थिए ।

सम्बन्धित खवर

Back to top button