‘विशेष नागरिक सेवा सम्मान’द्वारा समाजसेवी मन्जु खाँड सम्मानित

चितवन, १७ भदौ : मन्जुश्री असा’हय संर’क्षण केन्द्रको अध्यक्ष समाजसेवी मन्जु खाँड पूर्वी चितवनको लोकप्रिय रेडियो रिलेशन एफएम ८८ मेगाहर्जद्वारा आयोजित तीज उत्सव २०७६ मा  ‘विशेष नागरिक सेवा सम्मान’द्वारा सम्मानित भएकी छिन् ।

रेडियो रिलेशन ८८ मेगाहर्जले आयोजना गरेको ‘माईती आगनी रिलेशन’ तीज उत्सव तथा बृहत सांस्कृतिक समारोहका वीच समाजसेवी मन्जु खाँडलाई प्रमुख अतिथि मेयर नारायण वनको हातबाट उक्त समान गरिएको हो । केही वर्षदेखि रेडियो रिलेशनले तीजको अवसरमा उक्त कार्यक्रमको आयोजना निरन्तर रुपमा गर्दै आएको छ ।

समाजमा हुने बला’त्कार, श्रीमान, सासू ससुरा नन्द आमाजु लगायत परिवारका सदस्ले दिने यातना, दाईजोको निहुँ वा अन्य बहानामा महिलामाथि हुने अनेक हिं’साले गर्दा महिला मात्र होईन काख र गर्भका बच्चाले समेत या’तना पाइरहेका हुन्छन् । यीनै अन्या’य अ’त्याचार र वि’कृति विरु’द्ध लडे’की छिन मन्जु खाँड ।

आफ्नो घरपरिवार बाट नै हिं’सामा परेका महिलाहरुलाई न्यायको ढोका सम्म पुग्न निकै गाह्रो हुने गर्दछ । तिनै पिडीतहरुलाई काखमा च्याप्दै न्यायको ढोका सम्म जाने बाटो बनाउंँदै आएकी खाँड समाजमा शान्ति र सहिष्णुताका लागि आफ्नो पुरै जीवन समर्पण गर्दै नेपाली समाजमा पुर्याएको अतुलनिय योगदानलाई कदर गर्दै उनलाई यो विशेष सम्मान गरिएको हो ।

बिगत एक दशक देखि सेवामुलक व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय भई विभिन्न संघ सस्थामा प्रत्यक्ष संलग्न खाँड पींडित महिलाहरुको न्याय र सं’रक्षणका लागी ल’ड्दै आएकी छिन् । उनले महिला सश’क्तिकरण र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि निरन्तर पुर्याएको योगदान अतुलनिय छ । यसरी समाज सेवा गरिरहेकी खाँडलाई रेडियो रिलेशन ८८ मेगाहर्जले पनि उच्च मुल्यांकन गर्दै विशेष नागरिक सेवा सम्मानद्वारा सम्मानित गरेको हो ।

सामाजिक कार्यमा सधैं अग्रसर खाँडलाई सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै यसअघि पनि दर्जनौ राष्ट्रिय सम्मानबाट सम्मानित गरिएको छ । उक्त अबसरमा समाजसेवी मन्जु खाँड लागायत सामाजिक क्षेत्र, शैक्षिक क्षेत्र, तथा अन्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तित्वहरु लाई पनि सम्मान गरिएको थियो ।

सम्बन्धित खवर

Back to top button