नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्याे ६८ जना कर्मचारी


काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदको लागि दरखास्त आह्वान गरेको छ। बुधबार राष्ट्रिय दैनिकहरुमा सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदको लागि दरखास्त आ’ह्वान गरेको हो। सार्वजनिक गरिएको सूचना अनुसार ६८ जना कर्मचारीको लागि दरखास्त आ’ह्वान गरिएको छ। प्राधिकरणले एयर ट्राफिक सर्भिसेज सातौ पदमा ३८ जना र एभियसन फायर सर्भिसेज चौथो तहका लागि ३० जनाको माग गरेको छ। प्राधिकरणका अनुसार भदौ १८ गतेबाट १५ दिन भित्र दरखास्त दिन सकिने छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृत दरबन्दीमा रिक्त रहेको देहाय बमाेजिमका पदमा स्थायी पदपूर्ति भएमा स्वतः हट्नेगरी नेपाल नागरिक उदड्दडयन प्राधिकरण कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४११ बमोजिम बढीमा एक वर्षका लागि करारमा निर्याक्त गर्नुपर्ने भएकोले देहाय वमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूबाट प्राधिकरणद्वारा स्वीकृत फाराम भरी यो सचना प्रकाशित भएको मितिले पन्ध्र दिनमा रितपूर्वक दरखास्त फाराम पेश गर्न समितिको मिति २०७६/४/१६ गतेको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको छ।



प्राधिकारणका अनुसार दरखास्त दिन चाहनेहरुको योग्यता निम्न अनुसार हुनुपर्नेछः
क) एयर ट्राफिक सर्भिसेस : मान्यता प्राप्त शिक्षण सस्थावबाट विज्ञान वा सूचना प्रविधि (IT) बा व्यवस्थापन विषयमा स्नातकतह उत्तीण र प्राधिकरणबाट मान्यता प्राप्त सस्थाबाट काम्तमा ६ महिना अर्वाधको आधारभूत एयर ट्राफिक सनिसेज तालीम प्राप्त ।
ख) एभिएशन फायर सर्थिसेस : मान्यता प्राप्त शिक्षण सस्बावाट एस एल सी वा सो सरह उत्तीर्ण र नार्गारिक उद्डयनसँग सम्वन्धित सस्थाबाट जीवनोदार तथा विमानस्थल अरिन निवारण सम्वन्धी आधारभूत तालीम प्राप्त ।
दरखास्त दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र, उमेर खुलेको, आफूले प्राप्त गरेको आधारभूत तालीमको प्रमाणपत्रको प्र्माणत प्रर्ति्लापहरुका साथै विज्ञापनसँग सम्बन्धित पदको दरखास्त दस्तुर बुझाएको रसिद सहित फारम भर्ना सकिने प्राधिकरणले जनाएको छ।
हेर्नुस् पूरा विवरण









