औलाले काेट्याउँदा उप्किने कालाेपत्रे गरेपछि…(हेर्नुस् भिडियाे)


काठमाडौं : बुक्लो बालुवा माथी कालोपत्रे गरेपछी त्यो सबै उप्केर जान थालेको छ । महोत्तरीको लक्ष्मिनियाँ—भरतपुर—रघुनाथपुर सडकखण्डको कालोपत्र बुक्लो बालुवा माथी गर्दा सबै उप्केर जान थालेको हो ।
निर्माण कम्पनीले सडकको बेसमा रोडा राखेर उचित ग्राभेल नगरेरै बालुवा समेत पानीले नपखालेर राख्दा कालोपत्रे काम नलाग्ने अबस्थामा पुगेको हो । यसरी कालोपत्रे गरिरहेको देखेपछि निर्माण बन्द गराइएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार ठेकेदारले बालुवामा अलकत्रा छर्किएर कालोपत्रे गरेको छ । सडक निर्माणमा ठेकेदारको चर’म लापर’वाही देखिन्छ ।



बहुवर्षीय योजना अन्तर्गत सडक विस्तार भइरहेको छ। गत आर्थिक वर्षमै भरतपुर-फुलकाहा तीन किलोमिटर कालोपत्रे गर्ने योजना थियो। ठेक्का पाएको विकास एन्ड ब्रदर्स जनकपुरको ढिलासुस्तीले काम ढिलाइ भएको छ। साढे ३ करोड बजेटमा बनिरहेको तीन किलोमिटर कालोपत्रे सडकमा कमसल काम भएको हो।
ठेकेदार कम्पनीका प्रोप्राइटर मुना साहले कामदारले लाप’रवाही गरेको स्वीकार गरेका छन्। ‘कालोपत्रे गर्न सडकको बेसमा डस्ट प्रयोग गरिन्छ। त्यसलाई सफा गरेर अलकत्रा छर्की पिच गर्नुपर्ने हुन्छ’, उनले भने, ‘कामदारले डस्ट सफा नगरी कालोपत्रे गरे। कमीकम’जोरी भएको छ।’ असारमा अलकत्रा नपाएर काममा ढिलाइ भएको उनले बताए।
सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरका प्रमुख विनोदकुमार मौवारले सडक निर्माण कार्य स्टिमेटअनुसारै भइरहेको दाबी गरेका छन्। ‘कालोपत्रे राम्रै भइरहेको छ’, उनले भने, ‘कहींकतै मात्रै कमसल काम भएको छ। ती ठाउँको कालोपत्रे उप्काउँछौं। फेरि ठेकेदारबाट नयाँ काम गराउँछौं।’
प्रदेशसभा सदस्य भरतप्रसाद साहले निर्माणाधीन सडकमा भइरहेको लापर’वाहीबारे आफू ग’म्भीर रहेको बताए। ‘ठेकेदार र सडक डिभिजन कार्यालयका प्रमुखलाई सडक निर्माणस्थलमा बोलाएर अवलोकन गर्छौं’, उनले भने।
यस्ताे छ कालाेपत्रे हेर्नुस् भिडियाे








