प्रश्नपत्र नपुगेपछि बीएड प्रथम वर्षका परिक्षार्थी अन्याैलमा

डोल्पा : प्रश्नपत्र नेपालगञ्जमै थन्किएपछि डाेल्पामा सञ्चालन हुने बीएड प्रथम वर्षकाे परिक्षा अन्याैल हुने भएकाे छ । हवाई उडान अवरु’द्ध हुँदा डोल्पामा सञ्चालन हुने बीएड प्रथम वर्षको परीक्षा अन्योलमा परेको हाे । प्रश्नपत्र नेपालगञ्जबाट हवाई मार्ग हुँदै ल्याइने भएकाले बीएड प्रथम वर्षका सयभन्दा धेरै परीक्षार्थी आत्तिएका छन्।

डोल्पो क्याम्पसमा शुक्रबार दिउँसो १२ बजेबाट सुरु हुने बीएड प्रथम वर्षको परीक्षाका लागि प्रश्न पत्र नपुगेपछि विद्यार्थीलाई नआत्तिन क्याम्पस प्रमुख धनन्जय सुबेदीले आग्रह गरेका छन्। डोल्पाको मौसममा आएको ख’राबी कारण जहाजले उडान भर्न नसक्दा प्रश्नपत्र नेपालगञ्जमै थन्किएका हुन् । प्रश्नपत्र नपुगेपछि परीक्षार्थी‍ चिन्तित भएका हुन् ।

पहिलो दिन फाउण्डेशन एण्ड हेल्थ एजुकेशन विषयको परीक्षामा लिकु सयुंक्त क्याम्पसबाट २५ जना डोल्पो क्याम्पसबाट नियमित ५४ जना र अन्य गरि करिब १ सय जना परीक्षार्थी सहभागी हुने क्याम्पस प्रमुख धनन्जय सुवेदीले जानकारी दिए । मौसम खराबीका कारण डोल्पाबाट नेपालगञ्ज र नेपालगञ्जबाट डोल्पा आउने यात्रुहरु अलपत्र परेका छन। डोल्पाको जुफाल बिमानस्थलमा तारा, गोमा ,सिता र नेपाल एयरले उडान भर्ने गर्छन्।

सम्बन्धित खवर

Back to top button