नहरमा मृ’त भेटिएकी बालिकाकाे ह’त्या भएकाे परिवारकाे दा’बी


डीलकुमारी नेपाल
चितवन, २१ भदै : चितवनमा भाद्र १९ गते बिहीवार राती भरतपुर ५ कैलाश नगर आफ्नै घरबाट हराएकी ६ बर्षिय बालिका स्मृति कार्की घर नजिकैको नहरमा मृ’त अवस्थामा फेला परेकी छिन् । नहरमा मृ’त भेटिएकी बालिकाकाे ह’त्या भएकाे पीडित परिवारकाे दा’बी छ । शुक्रबार नहर बन्द गरेर खोज्दा नभेटिनु तर शनिबार विहान त्यही नहरमा श’व भेटिनुले उनको ह’त्या गरेर कसैले नहरमा फालेको स्पष्ट भएकाे भन्दै परिवारले ह’त्या भएकाे दा’बी गरेका हुन ।



घरको आँगनमा रहेको बेन्चमा सुतिरहेकी स्मृति बिहीवार राती करिब ९:३० बजेबाट हराएकी हुन् । बालिका हराए लगत्तै परिवारले खोजी गरेका थिए तर भेट्टाउन सकेका थिएनन् । दुई दिन देखी हराईरहेकी बालिकालाई आज (शनिबार) बिहान घर नजिकैको नहरमा डु’बिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले जानकरी दिए।
पानीमा डु’बेको अवस्थामा फेला परेकी बालिकालाई जिल्ला अस्पातल पुर्याउँदा चिकित्सकहरुले मृ’त घोषणा गरेका थिए । बालिकाको परिवारले यो ह’त्या नै भएको भन्दै दो’षी पत्ता लगाई कडा भन्दा कडा का’रबाहीको माग गरेका छन् । यसरी चितवनमा घटना घट्नु दु:खदायी रहेकाे पीडित परिवारकाे गुनासाे छ।








