थारु पत्रकार संघमा सन्तोष दहित चयन


डीलकुमारी नेपाल
सौराहा, २२ भदौ : चितवनकाे सौराहामा जारी थारु पत्रकार संघको महाधिवेशनले अध्यक्षमा सन्तोष दहितलाई सर्वसम्मत अध्यक्ष चयन गरेका छन् । शनिबारबाट शुरु भएको महाधिवेशनले आउदो कार्यकालको लागि दहितलाई अध्यक्ष चयन गरेकाे हाे ।



उपाध्यक्षमा उन्नती चौधरी, महासचिवमा सन्तकुमार चौधरी, सचिवमा कमल चौधरी र कोषाध्यक्षमा दुष्यन्त चौधरी चयन भएका छन् । विधानमा तीन उपाध्यक्ष हुने व्यवस्था भएपनि संघको कार्यसमितिको वैठकले दुईजना उपाध्यक्ष पछि बनाईने आयाेजकले बताए ।

संघको सदस्यहरुमा हेमन्त चौधरी दाङ, दिप्ती शिखा चौधरी दाङ, श्रीराम दहित दाङ, मधुरानी चौधरी बाँके, रेनु चौधरी बारा, शम्भुप्रसाद थारु बाँके, राजु चौधरी चितवन, रामअवतार चौधरी कपिलवस्तु, रामचन्द्र कुश्मी कञ्चनपुर, चन्द्रिका चौधरी कञ्चनपुर जिल्लाका रहेका छन् ।
आइतबार विहान सम्पन्न भएको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरुले आजै गोपनियताको सपथ लिएका छन् । देशभरीबाट भेला भएका थारु पत्रकारहरुले जातीय मु’द्दा भन्दा माथि उठेर पत्रकारिताको माध्यमबाट समाज सेवा गर्ने प्रतिवद्धता जनाएका छन् । पूर्वी नेपालबाट सहभागी भएका थारु पत्रकारहरु भने विभिन्न कारण देखाइ महाधिवेशन छाेडेर गएका छन् ।









