नुवाकोटमा मिनिट्रक र मोटरसाइकल ठोकिदा एक जनाको मृ’त्यु


नुवाकोट ,१७ असोज नुवाकोटकोे ठूलोखोलामा भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। बेलकोटगढी नगरपालिका–८ ठूलोखोलामा शुक्रबार बिहान मिनीट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा रसुवाको आमोछेदिङ्मो गाउँपालिका–१ का २८ वर्षीय गम्बोछिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।



थापाका अनुसार तामाङको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
काठमाडौबाट नुवाकोटको त्रिशूलीतर्फ आउँदै गरको बा २ क ५९६३ नम्बरको मिनिट्रकले विपरित दिशातर्फ जाँदै गरेको बा ६३ प ४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका तामाङको ज्यान गएको हो।
मोटरसाइकल चालक २७ वर्षीय देवबहादुर तामाङ घाइते भएका छन्। दुर्घटनामा परेको मोटरसाइकलको पछाडि आइरहेको अर्को मोटरसाइकल ठोक्किँदा उत्तम तामाङ र चन्दामाया तामाङ समेत घाइते भएको डिएसपी थापाले बताए।
घाइते तीनै जनाको काठमाडौंमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकार दिए। ठक्कर दिनेमिनीट्रकका चालक भक्तपुर नगपालिका–५ ब्यासीका कृष्णप्रसाद खलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।








