बुटवल मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


बुटवल ,१७ असोज बुटवलमा आज दुई छट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल–१२ नयाँगाउँमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३० प २३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा बुटवल गोलपार्कका गणेश अधिकारीको मृत्यु भएको छ।
गम्भीर घाइते अधिकारीको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्टिलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले बताएका छन्
यस्तै बुटवल–१० रामनगरमा लु ४४ प ७६५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेको अन्दाजी ५५ वर्षिया पुरूषको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु हुनेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।











