केन्द्रीय संजालको सचिवमा बिरेन्द्र सुवेदी चयन

उधम बिकाश सहजकर्ता राष्ट्रिय  संजालको केन्द्रीय सचिवमा प्रदेश न. ५ बाँकेबाट बिरेन्द्र सुवेदी चयन भयका छन । मंसिर २१ गते सम्पन्न संजालको दोश्रो  केन्द्रिय  अधिबेशनबाट नयाँ नेतृत्व चयन गर्दै  भेलाको सम्पन्न गरिएको थियो । दीपेन्द्र खड्काको संयोजकत्वमाव गठित निर्वाचन मण्डलले देवी घिमिरे लाई -अध्यक्ष ,प्रेमराज जोसि -उपाध्यक्ष , अर्जुन पौडेल-महासचिव ,बिरेन्द्र सुवेदी सचिब र सान्ता विकलाई  – कोषावअध्यक्षमा निर्वाचित गरेको हो । कार्यक्रमको प्रमुख अथिती  सहरी बिकाश रज्य मन्त्री  रामवीर मानन्धरले रहेका  थिए । कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले अहिलेको एकलकाटे शैक्षिक गन्तव्यमा उधम शिक्षा धेरै गुणाले अगाडि रहेको र यसको समुचित बिकासमा सरकार लागि पर्ने बताएका छन । हाल नेपालमा बार्षिक १५०० जति उधम बिकास सहजकार्ता आवस्यकतापर्ने भएपनी अघिल्लो बर्ष सम्मा जम्मा ७५४ जनाले मात्रै उधम बिकाश सहज कर्ता  पास गरेका  छन । नेपाल जस्तो बिकास उन्मुख  र कामदार उत्पादन गर्ने शैक्षिक प्रणालीमा उधमी शिक्षाको आवश्यकता बड्दै गएको छ् ।

सम्बन्धित खवर

Back to top button