लोक सेवा दिँदै गरेका २२ नक्कली परिक्षार्थी प’क्राउ


काठमाडौं : लोक सेवाले लिएकाे परीक्षामा २२ नक्कली परीक्षार्थी प’क्राउ परेका छन । लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी पक्रा’उ परेका हुन् ।
शनिबार भएकाे परीक्षामा विभिन्न केन्द्रबाट सहभागी भएका उनीहरूलाई प्रहरीले पक्रा’उ गरेकाे हाे ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनु’सन्धान शुरु गरिएको जानकारी दिए । श्रीकृष्ण संस्कृत तथा साधारण मावि केन्द्रबाट १८, इगरब्रिज माविबाट दुई र सुर्खेत क्याम्पस (शिक्षा)बाट दुई गरी २२ नक्कली परीक्षार्थी प’1क्राउ गरिएको उनले बताए ।
‘केहीले आफन्तलाई सहयोग र केहीले पैसा लिएर परीक्षामा सहभागी भएको पाइएको छ, यस सम्बन्धमा विस्तृत अनुसन्धान गर्दैछौँ,’ प्रहरी उपरीक्षक पन्तले भने । जवान पदको लिखित परीक्षामा तीन हजार ३ सय परीक्षार्थी सहभागी थिए ।








