सुर्खेतमा छोरीको बैंक खाता

कोहलपुर, पुष ४,

सुर्खेतको विरेन्द्रनगर मा छोरीको बैंक खाता खोल्ने कार्यक्रम प्रभावकारी बन्दै  आएको छ ।

नगपालिकाले “छोरी जन्मनु गर्भको नगर” भन्ने नारा सहित छोरी बचत कार्यक्रम सुरु गरेपछि स्थानीय खुसी भएका छन् । छोरी बचत कार्यक्रम माफत अहिलेसम्म १ सय २१ जना छोरीको नामा खाता खोलिदिएको छ ।

छोरी जन्मेको ३५ दिन भित्र जन्मदर्ता गराएर नगरपालिका जानुपर्ने व्यवस्था छ । विरेन्द्रनगर नगरपालिकाका महिला बालबालिका शाखा अधिकृत सरला रेग्मिका अनुसार बालिकाका अभिभावक वा संरक्षकले जन्मदर्ता र अन्य कागजात संलग्न गरी आफू बसोबास गरिरहेको स्थानीय तहमा निवेदन दिन सक्नेछन् । लैंगिक विभेद घटाउन पुर्याएको छ । विभेद, बालविवाह न्यूनीकरण र उच्च शिक्षाको ग्यारेन्टी गर्ने दीर्घकालीन उद्देश्यसाथ सुरु गरिएको कार्यक्रमले छोरी माथिको विभेद क मगर्दै गएको नगरपालिकाले जनाएको छ ।

कार्यविधिअनुसार २०७४ सालदेखि जन्मेका छोरीका नाममा बैंक खाता खोली बैंक खातामा रकम अभिभावकले नै राख्नुपर्नेछ । सुरुमा खाता सञ्चालन गर्दा १ हजार रुपैयाँ नगरपालिकाले राखिदिनेछ ।

सम्बन्धित खवर

Back to top button