कोहलपुर पुस ७, २०७६ चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ। उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा४ख ५९२० नम्बरको बसले बिहान करिब ५:३० बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी ले जानकारी दिएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृत्यु भएपछि आक्रोशित बनेका पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले बसआगजनी गरेका छन्। । उक्त घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा तनावग्रस्त छ।