लत्ता कपडा र खाद्यन्न सहयोग बिपन्न परिवारलाई


कोहलपुर
२०७६,पुस १३



राप्ति सोनारी गाँउपालिका वडा नं. ८ शम्सेरगन्जमा असहाय बिपन्न बर्गलाई लत्ता कपडा तथा खाद्यन्न सहयोग गरिएको छ । एन.आर.एन निर्बतमान संयोजक जर्मनका महेन्द्र धितालको आर्थिक सहयोगमा १० परिवारलाई लत्ता कपडा र चामल बितरण गरिएको हो । राप्तिसोनारी गाँउपालिका वडा नं. ८ मा रहेका केहि बिपन्न र आर्थिक अबस्था कमजोर भएका परिवारलाई सहयोग गरिएको कार्यक्रमका संयोजक नन्दु चन्द ठकुरीले बताए । उनले भने बिदेशमा रहेका महेन्द्र धितालले सहयोग गर्ने भनेपनि यस वडामा रहेका बिपन्न र आर्थिक अबस्था कमजोर भएकाहरुलाई सहयोग गरिएको हो । उनले भने यस पटक धेरै भन्दा पनि सुरुवात भएको हुदा १० घरपरिवारलाई सामाग्री हस्तान्तरण गरिएको उनले बताए








