कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम


कोहलपर



२०७६,पुस१४
कोहलपुर नगरपालिकाको चौमासिक बजेट खर्चमा कमी आएको छ । नगरपालिकाको कुल बजेटमा ३० प्रतिशत खर्च भएको हो । कोहलपुर नगरपालिकाले सार्वजानिक सुनुवाई कार्यक्रममा प्रस्तुत चालु आर्थिक बजेट विवरण अनुसार पूँजीगत खर्च १३ प्रतिशत र विकास वजेटमा १७ प्रतिशत खर्च भएको कोहलपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारतीले चौमासिक बजेट धेरै खर्च हुन नसकेको बताए । यस वर्ष नगरपालिका भित्र २५६ वटा विकास योजना संचालनमा रहेको नगरपालिकाले जनाएको छ । पहिलो पटक आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा बिकास ,आयआर्जन ,बिकास निमार्ण ,शसक्तिकरण ,लगायतका कार्यक्रम संचालन भईरेहको छ ।
कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवासुविधा प्रभावकारिता विषय आयोजना गरिएको उक्त कार्यक्रममा बाल्दै कोहलपुुुर नगरपालिका प्रमुख लुट बहादुरले समग्र कोहलपुर विकास गर्न आफनो प्रयास गरिएको बताए । हाल सम्म सडक कालो पत्रे २ कि.मी. र २० किलो मिटर ग्राबिल बाटो निमार्ण सम्पन्न भएको जनाएको छ । सार्वजानिक सुनुवाई कार्यक्रममा अधिकास नगरपालिका सेवा ग्रहयीहरुको उपस्थितिमा कमी रहेको थियो ।








