नेकपा सुर्खेत सदस्य नेपालीको दुर्घटनामा निधन

 कोहलपुर
२०७६,पुस१५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुर्खेत जिल्ला सदस्य गणेश नेपालीको दुर्घटनामा निधन भएको छ। लेकवेशी–५ नेटाका नेपालीको उपचारका क्रममा मंगलबार निधन भएको हो। नेपालगन्जबाट कोहलपुर आउने क्रममा नेपाली सोमबार मोटरसाइकल दुर्घटनामा परेका थिए। उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार बिहान ३ बजे निधन भएको हो। उनको शव मंगलवार नै सुर्खेतको दशरथपुरमा श्रद्धाञ्जली दिएपछि आजै अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। नेकपा सुर्खेतले नेपालीको सडक दुर्घटनामा भएको दुःखद निधनले स्तब्ध भएको जनाएको छ। २०३६ चैत २८ गते जन्मिएका नेपालीले २०४९ सालदेखि राजनीतिमा सक्रिय थिए।

सम्बन्धित खवर

Back to top button