कोरोना रो’कथाम सहयोगी मोबाइल एप

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन विश्वका धेरै देशले लकडाउनको नीति लागू गरेका छन् । नेपाल सरकारले पनि ‘लकडाउन’ लागू गरेको छ । लकडाउनका कारण व्यक्ति–व्यक्तिबीचको प्रत्यक्ष सम्पर्क टु’टेको छ । त्यसलाई जोड्न प्रविधिको भरपूर सदुपयोग गरिएको पाइन्छ ।

सरकार, निजी क्षेत्र र नागरिकले प्रविधिको पहुँचमार्फत आफ्ना क्रियाकलापलाई अघि बढाउन थालेको पाइन्छ । कोरोनाको परीक्षण, रा’हत वितरणका लागि वर्ग पहिचानदेखि अति आवश्यक वस्तु खरिदबिक्रीसम्मका कार्य प्रविधिको सहयोगमा गरिरहेको छन । सरकारी संयन्त्रदेखि निजी क्षेत्रसम्मले आफ्ना क्रियाकलाप सहज ढङ्गबाट मोबाइल एप्समार्फत सञ्चालन गरिरहेका छन् । यस्ता छन् नेपालमा विभिन्न कार्यलयहरुका आ-आफ्नै मोबाइल एप्स :

मन्त्रालयको ‘स्वास्थ्य’ एप

कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोबाइल एप ‘हाम्रो स्वास्थ्य’ सञ्चालनमा ल्याएको छ । यो एप कोरोनाबाट स’ङ्क्रमित व्यक्तिको पहिचान गर्न र त्यस्ता व्यक्तिको नजिक रहेका अस्पताल खोज्न तयार पारिएको छ । मन्त्रालयका अनुसार एपबाट नमुना परीक्षण र त्यसको नतिजालगायतका जानकारी लिन सकिन्छ ।

व्यक्तिले आफूमा कोरोनाको सम्भावित लक्षण छ कि छैन भनेर एपमार्फत जाँच गर्न सक्छ । एपमा आफूलाई देखिएको लक्षण उल्लेख गरेर मूल्याङ्कन गर्न सकिने र सबै जानकारी मन्त्रालयको स्वास्थ्य आप’तकालीन केन्द्रबाट उपलब्ध गराइनेछ । एपमा प्राप्त जानकारीअनुसार मन्त्रालयले सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी आवश्यक प्रक्रिया अघि बढाउने गरिएको छ । https://play.google.com/store/apps/details?id=np.com.naxa.covid19 बाट मोबाइल डाउनलोड गर्न सकिन्छ ।

‘कोभिड–१९ साथी’ एप​

राष्ट्रिय वि’पद् जो’खिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘कोभिड—१९ साथी’ नामक मोबाइल एप सञ्चालनमा आएको छ । यो एपमार्फत स’ङ्क्रमणको आ’शङ्कामा क्वरेन्टीनमा रहेका व्यक्ति भागेमा तत्काल प्रहरीलाई खबर पुग्नेछ । क्वरेन्टीनमा रहेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खबर दिने विशेषतासहितको एप सञ्चालनमा ल्याइएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । जियो फेन्सिङ अर्थात अनुहार पहिचान प्रणाली भएको एपले क्वरेन्टीनमा रहने व्यक्तिको फोटो र फोन नम्बरको माध्यमबाट अनुगमन गर्नेछ ।

होम क्वरेन्टीनमा वा सार्वजनिक क्वरेन्टीनमा रहेका व्यक्ति सीमित दायराबाट बाहिर गएमा तत्काल जिल्ला आप’त्कालीन केन्द्र, प्रहरी र अन्य आपत्का’लीन निकायमा ‘अलर्ट’ बज्ने छ । क्वरेन्टीनमा आप’त्कालीन अवस्थामा टेलिफोन सञ्चार नचलेमा एपको आन्तरिक सन्देश प्रणालीबाट सम्बन्धित निकायसँग तुरुन्त सम्पर्क गर्न सकिने ‘फिचर’ समावेश गरिएको छ । मोबाइल एपमा उनीहरुको दैनिक स्वास्थ्य स्थिति र ज्वरोको विवरण राखेर सम्बन्धित निकायमा जानकारी पुर्याउने विशेषता पनि समावेश गरिएको छ । प्राधिकरणले कोरोनासम्बन्धी तथ्याङ्क र सूचनाहरु सबै प्रदेश, जिल्ला र स्थानीय तहले हेर्न सक्नेगरी वेभसाइट सञ्चालन गरेको छ । यो एप https://covid19.ndrrma.gov.np/ बाट डाउनलोड गर्न सकिन्छ ।

‘नेपाल पुलिस’ एप

नेपाल प्रहरीले कोरोना भाइरसबारे जानकारी लिन मोबाइल एप ‘नेपाल पुलिस’ सञ्चालनमा ल्याएको छ । कोरोना महा’मारीको त्रा’स फैलिएसँगै हुनसक्ने सम्भावित अ’पराध, दु’र्घटना र आग’लागीलगायतका घट’ना नि’यन्त्रण गर्न प्रहरीले मोबाइल एप प्रयोगमा ल्याएको हो । यो एपमार्फत कोरोनाका सम्भावित स’ङ्क्रमित व्यक्ति र जो’खिममा रहेका व्यक्तिबारे सूचना र जानकारी दिन वा लिन प्रहरीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘लकडाउन’ उल्लङ्घन, कालोबजारी नि’यन्त्रण र राह’त अभाव भएको विषयमा पनि यो एपमार्फत सूचना दिन सकिन्छ । यसअघि अ’पराध, हिं’सा तथा दु’र्घटनाबारे जानकारी लिन प्रयोगमा ल्याइएको ‘नेपाल पुलिस मोबाइल एप’ लाई नै अपडेट गरिएको हो । यो एप गुगल प्ले स्टोर https://play.google.com/store/apps/details?id=com.pathway.nepalpolice र एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

से’नाको मोबाइल एप

नेपाली से’नाले पनि मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोरोनाको रो’कथाम, प्रति’कार र नि’यन्त्रण कार्यलाई प्रभा’वकारी बनाउन मोबाइल एप सुरु गरेको सेनाले जनाएको छ । से’नाको मोबाइल एपमा सर्वसाधारणले आफ्नो परिवार, छरछिमेक तथा साथीभाइमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ ।

वि’पद्को घडीमा विभिन्न किसिमका ह’ल्ला फैलनबाट रो’क्न र आफनो आधिकारिक सूचना प्रवाह गर्न एपले सहयोग गर्ने से’नाको भनाइ छ । से’नाको आधिकारिक वेभसाइटबाट एप डाउनलोड गर्न सकिन्छ । यो एप एन्ड्रोइड मोबाइल फोनमा मात्रै उपलब्ध छ । केही दिनमै आइफोनको लागि पनि उपलब्ध हुने छ ।

प्रदेशको मोबाइल एप

कोरोना स’ङ्क्रमण न्यु’नीकरणका लागि प्रदेश सरकारहरुको भूमिका पनि महत्त्वपूर्ण भएको छ । त्यसका लागि विभिन्न प्रदेशले मोबाइल एप सञ्चालनमा ल्याएका छन् । प्रदेश ५ ले ‘कोभिड १९ ट्रयाकिङ इन्फर्मेसन सिस्टम’ नामक एप सञ्चालनमा ल्याएको छ । यो एपले कोरोनाको लक्षण देखिएका श’ङ्कास्पद व्यक्तिको विवरण र ‘लोकेसन’ स’ङ्कलन गर्नेछ । जसले गर्दा बिरा’मी पहिचान गरी नमूना प’रीक्षण गर्न सहज हुनेछ ।

आफू र टोल छिमेकका कसैमा कोरोनासम्बन्धी लक्षण देखिए एपमार्फत जानकारी गराउन सकिन्छ । यसरी पठाइने वा स’ङ्कलित विवरणहरु गो’प्य रहने प्रदेश सरकारले जनाएको छ । विदेशबाट आएर क्वरेन्टीनमा नबस्ने र टोल छिमेकमा कोरोनाको श’ङ्कास्पद लक्षण देखिएका व्यक्तिको विवरण अन्य व्यक्तिले पनि एपमार्फत टिपाउन सक्नेछन् । यो एप http://cm.p5.gov.np/ बाट डाउनलोड गर्न सकिन्छ । यो प्लेस्टोर र एप स्टोर दुवैमा उपलब्ध छ ।

पालिकाको मोबाइल एप

कोरोना भाइरसबारे जानकारी आदान प्रदान गर्न र आवश्यक कामहरु सहज बनाउन स्थानीय सरकारहरुले मोबाइल एप सञ्चालनमा ल्याएका छन् । धरान उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मोबाइल एपमा कारोनाका लक्षणहरू, यससँग सम्बन्धित जिज्ञासा, साव’धानीका उपाय, उपमहानगरमा कोरोना रो’कथाम, उपचार र तयारीबारे थाहा पाउन सकिन्छ । यस्तै अत्यावश्यक सेवा दिने निकायसँग पनि यसैबाट सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।

कोड आईटीवी धरान प्रिमियर नेपालसँगको सहकार्यमा उपमहानगरपालिकाले एप सञ्चालनमा ल्याएको छ । तत्काललाई धरान उपमहानगरपालिकाको वेभसाइट https://www.dharan.gov.np/?p=2538 बाट डाउनलोड गरी एन्ड्रोइड मोबाइलमा एप प्रयोग गर्न सकिने उपमेयर मञ्जु भण्डारीले  जानकारी दिइन् । यसलाई गुगल प्लेस्टोरबाट भने केही समयपछि डाउनलोड गर्न सकिने छ ।

दलको मोबाइल एप

प्रमुख प्रति’पक्षी दल नेपाली काङ्ग्रेसले विशे’षज्ञ चि’कित्सकको परामर्शमा मोबाइल एप सञ्चालनमा ल्याएको छ । काङ्ग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेभसाइट https://www.dharan.gov.np/?p=2538 मार्फत एप जारी गरेको छ । घरमै बसेर कोरोना स’ङ्क्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण एपबाट गर्न सकिन्छ ।

निश्चित लक्षण पहिचान हुँदा आवश्यक सत’र्कता र जरुरी पहलका लागि यसले प’रामर्श दिने काङ्ग्रेसको विश्वास छ । एपको चि’कित्सकीय परा’मर्शकर्तामा नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा. अञ्जनी झा, सरुवा रो’ग वि’शेषज्ञ डा. बासुदेव पाण्डे, नेपाल मेडिकल एसोसियसनका उपाध्यक्ष अनिलविक्रम कार्की र फोक्सो रो’ग विशेषज्ञ डा. अशेष ढुंगाना रहेका छन् ।

सम्बन्धित खवर

Back to top button