ज्ञानेन्द्र शाहि ज्यु बौद्धिक आलोचनालाइ ठुलो जात र ठकुरी पुर्खा देखाएर प्रतिकार गर्नु माहान्ता हो ? टि.आर.शर्मा”अथकमनु”


बैशाख २५ काठमाडौं :- ज्ञानेन्द्र शाहि हाल नेपालका कहलाउदा भ्रष्टचार बिरोधी अभियन्ता हुन जसले नेताहरुको खोइरो खन्छन्। यदि उनलाई भ्रष्टचार बिरोधी अभियन्ता मात्रै हुन भन्ने बुज्नु भएको हो भने तपाईं भ्रममा हुनुहुन्छ किनकी उनि अभियानलाई पार्टी बनाएर त्यो संयोजक भएका छन र उनि नेता हुन।
नेता हुनलाई तेति सजिलो छैन यसको लागि सर्वमान्य बिचारहरुको प्रतिबादन वा कुनै पनि प्रचलित सिदान्तहरुको अनुसारण गरेको हुनपर्छ सम्भवत त्यो कुनै पनि उनिमा देखिदैन। खालि सिद्दान्त बिहिन खोक्रो भिड बनाएर जनतालाई उत्तेजित पार्दैमा र आदर्शवादी भ्रष्टचारको मनोगत अभियानले बर्तमान नेपालको कायापलट गर्न सक्दैन। अर्को उनको मुद्दा शिक्षा र स्वास्थ्य निशुल्क भन्ने छ यो पनि सारै पुरानो अरुकै बिषको कपी जो जनतालाई शिक्षा र स्वास्थ्य निशुल्क हुदैमा राष्ट्रको कायापलट हदैहुदैन।



यो पनि छाडौं नेता हुन जिम्मेवार तर्क र ब्याभार हुन जरुरी हुन्छ। एउटा प्रतिदोन्दिलाइ अन्तरबार्तामा अाफ्नो अालोचना गरेको बापात फोनमा उनेले आफु राजाको सन्तान भएको यो देश आफ्नो बाउबजेको बिर्ता हो मात्रै भनेन आफु ठकुरी भएको र उनको भाषामा ठकुरी संग पंगा लिन औकात र गालामा दम हुन पर्छ भनेर उनले पारिवारिक र जातिय आडम्बरीताको नाङ्गो र तल्लो स्तरको गालिगलोज गरे जसले उनको स्तरमा र सोचको सजिलै अनुमान गर्न सकिन्छ । यदि उनको प्रतिदोन्दिले चाहे भने ब्यत्तिगत र जातिय मानहानीको मुद्दा लगाउन सक्छन।
यदि ज्ञानेन्द्र शाहि योग्य नै हुन भने आफ्ना बिरोधीलाइ फोनगरेर बिरोध नगर भन्नु जरुरी छैन। उचित प्रकारले सामाना गर्नु पर्छ।
हिजो राष्टपतिले सम्बोधन गर्ने क्रममा मेरो देश भन्दा जनसार उठाएर आन्दोलन गर्ने ज्ञानेन्द्र शाहिले आज आफैले देश मरो बाउ बजेले आर्जेको हो र यसमा ठकुरी खानदान बहेक अरुकुनै जातिहरूको योगदान र अधिकार छनै भन्दा हामीले आवाज उठाउनु हुन्न भन्ने निषेध त छैन होला।
आखिर ज्ञानेन्द्र पनि त उस्तै भ्रष्टचारी नेताहरु भन्दा फरक रहेनछन् भन्ने कुरा बुझियो नि आज उनको यस्तो रुखो बोली सुन्दा फेरी ज्ञानेन्द्र शाहि त “हाम्रो नेपाल हामी नेपाली” अभियान्ताको संयोजक हैनन् र फेरी यो हामि र हाम्रो को बिचमा मेरो भन्ने शब्द कहाँ बाट आयो?
यध्यपी ज्ञानेन्द्र शाहि ले चलाएको अभियान लाई सधै सलुड गर्छु र शाथ पनि दिने छु तर ज्ञानेन्द्र शाहिले यो अभियान चलाउने नै हो भने धेरै कुराको सुधार गर्न जरुरी छ।
सबै भन्दा पहिले उनले आफूमा रहेको घमण्डलाई अन्त्य गर्नुपर्छ उनि बारबार समातिनुकोकरण साहेद त्यहि होला अरुलाईगर्ने रेसपेक्ट फलानो,दलाल हो,फलानो चोर हो,फलानो भ्रष्टचारी हो अरे यस्तो शब्द बोल्नेलाई जेल नहालेर के अगरबति लिएर पुजा गर्छ त कानुनले ।
वास्तवमा देशको अवस्था उनले भनेको भन्दा अझ खराब जर्जर छ यो ज्ञानेन्द्र शाहिको आंशिक र सामान्य परिबर्तनको नाराले मात्रै ठिक हुनेवाला छैन। अझ भन्दा ज्ञानेन्द्र शाहिमा कुनै पनि राजनितिक संस्कार नै छैन बरु हिटलरी अराजकता महत्वकांक्षा एवं जातिय आडम्बरीताको उदन्डता रैछ भन्ने सबै प्रष्ट हुन जरुर छ किनकी बाहिर सामान्ताका ढुवाङ फुकेर भित्र निहित स्वार्थपुरा गरेका निर्मम कयौ एकल जातिय शासकहरु हाम्रा सामुन्ने छन।
हुनत सत्य सधैं तितो हुन्छ ज्ञानेन्द्र शाहि जस्तो एउटा आशा लाग्दो युवामा अहिले देखि नै यो संस्कारको उदन्डता हुनु अर्को नलाएकी हो । नेपालिहरुको तेति लाटो छैन्न र चकलेट मा नि भुल्दैनन् अहिले समाजिक सन्जालमा राजनितिक पार्टीका एकाध झोले कार्यकर्ता जस्ता अन्धभक्त बाहेक कयौं उनका सचेत समर्थकहरुले उनको चर्को बिरोध गरिसकेका छन।
भन्नत सधै अन्तरबार्ता मा भनेको सुन्छु मैले नयाँ दिल्लीमा ७ बर्ष पढेको हुँ कहाँ चिनेका छन ज्ञानेन्द्र लाई भनेको । उनको एकपल्ट भारतीय राजदुत रन्जित रे जो नेपालका सबभन्दा दुष्ट राजदुत हुन उनि सगै खिचाएको फोटो सार्बजनिक भएसगै उनमाथि बिभिन्न शंका उब्जिएका थिए।
गहन कुरा के भने भ्रष्टचारको अभियान्ता उनि राजधानिकाे तारे होटलहरुमा मिटिङ चलाउने देखि लिएर कानुन र राज्य लाइनै धज्जी उडाउदै दिनका दिन राहातका नाममा जनताको सम्बेदनामाथि राजनिति गर्ने पैशाको स्रोत उनि आफैले दिनका दिन किन सार्बजनिक गर्दैन ? उनि कुन आधारमा म नै राज्य हु भन्ने भावले प्रस्तुत हुन्छन त्यो पनि शंकास्पद छ।
अन्त्यमा यति भन्छु महामहिम ज्ञानेन्द्र शाहि ठकुरी ज्यु ब्यक्ति बिरोधी, कुनै पटि बिरोधी हैन, बिरोधी हु त केवल उनिहरुको ,सब्यता,बानीको बिरोधी हुँ हजुरले सात साल दिल्लिमा पढेपनि नेपाली संस्कार पढ्नु भएको रहेन छ । हजुरले दिल्लिमा पढ्नुभो होला अरु कोहिले अमेरीका,चिन,जापान, अस्ट्रिया,पढेको होलान् के बाहिरि देश पढे भन्दैमा आमा लाई श्रिमती भन्नत पाईदैनहोला, आमा नै भन्नुपर्छ भन्नेकुरा सिक्नु होला मैले माथि सुरुमा औल्याएका कुरा नदोहोर्याउनुहोला , हुनत हजुर म फुच्चे भन्दा धेरै जान्ने र पढेलेको बिद्वान मान्छे तर पनि नराम्रो कुरा मनमा राख्ने बानि छैन भनि हाल्छु गल्ति भए माफ पाउ।
अँ अर्को कुरा हजुरले भनेको मलाई एक दिनको लागि अर्थमन्त्रीको पद दिनुहोस देशकै अर्थतन्त्र कायापलट बनाऊछु भन्नु भएको छ ज्ञानेन्द्र जी यो कुरा कुनै मोबाईलमा लुडो,पपजि,ग्याम खेलेर बसे जस्तो हैन
बरु हजुरले एक दिनमा गर्नसक्ने काम जतिमात्र बोल्नुहोस हजुरको त्यो”हाम्रो नेपाल,हामी नेपाली”को अभियान छिट्टै सफलहोस फेरी पनि शुभ कामना छ।
टि.आर.शर्मा”अथकमनु”
बनगाड कुपिण्डे न.पा.२ सल्यान








