थप १६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २२ जेठ:गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जना गरि १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् ।












