४ जना कोरोनालाई जितेर घर फर्किए

काठमाडौं, २४ जेठ:बाँकेमा शनिबार ४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइलोसेलन अस्पतालमा बसेका चार जनाले कोरोनालाई जितेका हुन् । कोरोना जित्नेमा पत्रकार, स्टाफनर्स, प्रहरी छन् ।

नेपालगञ्जका पत्रकार र स्टाफनर्स श्रीमान–श्रीमती हुन् । नरैनापुरमा कार्यरत गुल्मीका प्रहरी र नरैनापुरका एकजनाले पनि कोरोनालाई जितेका छन् । कोरोना जितेर घर फर्किएका सबैलाई खजुराबाट बिदाई गरिएको थियो । बाँकेमा अहिलेसम्म ४६ जनाले कोरोनालाई जितेका छन् । कोरोना देखिएका व्यक्तिलाई अर्को रिजल्ट नेगेटिभ देखिएपछि घर पठाउन प्रदेश सरकारले निर्देशन दिएको छ । केन्द्रले पठाएको नयाँ गाइडलाइनमा १४ दिन आइसोलेसनमा बसेका व्यक्तिलाई जाँच नै गरी घर पठाउन भनिएको छ ।

१४ दिन बसेकोलाई जाँच नगरी सिधैं घर पठाउदा घरपरिवार र समाजमा कोरोना फैलिन सक्ने भन्दै ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रिजल्ट नेगेटिभ नआएसम्म घर नपठाउन निर्देशन दिएका छन् । त्यही निर्देशन अनुसार दोस्रो वा तेस्रो रिजल्ट नेगेटिभ आएकालाई घर पठाउन थालिएको छ ।

सम्बन्धित खवर

Back to top button