आजको मौसम कस्तो रहन्छ त ? जानिराखौँ


काठमाडौं,२६जेठ: देशभरको मौसम सोमबार दिनभर सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको समय भएकाले मौसम बदली तथा केही स्थानमा वर्षा भइरहेको हो । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा बिहारमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले बताएका छन् ।
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको छ । प्रदेश १ र कार्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भइ बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।



प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा रहावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली हुने छ । अरु क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा रहावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।








