थप ८ जना कोरोना संक्रमण पुष्टि, दाङ


काठमाडौं, २९ जेठ: दाङमा बिहिवार (आज) ८ जना कोरोना संक्रमित थपिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाव परिक्षण गर्दा राप्ती गाउँपालिकामा-६ ,घोराही उपमहानगरपालिकामा एक र तुलसीपुर उपमहानगरपालिकामा एक जना गरि जम्मा आठजना नयाँ संक्रमित थपिएका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले
राप्ती गाउँपालिका वडा नम्बर १ निवासी ३२ बर्षिय पुरुष, १२ बर्षिय बालक, ३० बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।



यस्तै सोही गाउँपालिकाको वडा नम्बर ३ निवासी २७ र २२ वर्षीय पुरुष, १८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी ४३ बर्षिया महिला र तुलसीपुर उपमहानगरपालिका-१७ निवासी २८ बर्षिय पुरुष व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएको हो। योसँगै दाङमा संक्रमितको संख्या ९१ पुगेको छ।








