नेपालमा जम्मा १ लाख १५ हजार ९ सय ३० को पीसीआर विधिबाट कोरोना परिक्षण


काठमाडौं, २९ जेठ:पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
हालसम्म पीसीआरबाट कुल १ लाख १५ हजार ९ सय ३० र आरडीटीबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएको मन्त्रालयको नियमित व्रिफिङका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। डा.देवकोटाका अनुसार हाल देशभर १ लाख ६२ हजार क्वारेन्टिनमा रहेका छन्। यस्तै देशभर ३ हजार ७ सय ३८ जना आइसोलेशनमा छन्।











