नेपालमा थप ४ सय २५ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५ हजार ७६० पुग्यो

काठमाडौं, ३२ जेठः आइतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ।आज थपिएका संक्रमितहरुमा ३ सय ७५ जना पुरुष र ५० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

नयाँ संक्रमितहरुमा रौतहटका ७६ जना, दाङका ५४ जना, सुर्खेतका ४० जना, दैलेखका २९ जना, रुपन्देहीका २६ जना, मोरङका २५ जना, धादिङका २५ जना, डडेलधुराका २४ जना, कञ्चनपुरका २० जना, पाल्पाका १७ जना, पर्साका १७ जना, कैलालीका १२ जना र सप्तरीका १० जना, रहेका छन्।
त्यसैगरि बाराका ९ जना, नवलपरासी पूर्वका २ जना, बझाङका ५ जना, डोटीका ३ जना,सर्लाहीका ६ जना, बर्दियाका ३ जना, बाँकेका ३ जना, रुकुम पश्चिमका १ जना र प्युठानका २ जना रहेका छन्।

त्यसैगरि धनुषाका १ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलपरासी पश्चिमका २ जना, सुनसरीका १ जना, झापाका १ जना र सिन्धुलीका १ जना रहेका छन्।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६०, उपचार पछि निको हुनेको संख्या ९ सय ७४ र मृत्यु हुनेको संख्या १९ पुगेको छ। आइतबार ६१ जना डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ।

सम्बन्धित खवर

Back to top button