थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, १ असार: आज थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज दैलेखमा ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०/१० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।



धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५/५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४/४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३/३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाका पाँच जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।








