सेती प्रादेशिक अस्पताल डायलासिसमा ढिलाई हुँदा एक व्यक्तिको मृ’त्यु

धनगढी, १० असारः सेती प्रादेशिक अस्पताल डायलासिसमा ढिलाई हुँदा एक व्यक्तिको मृ’त्यु भएको छ । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय पुरुषको मंगलबार राति मृ’त्यु भएको हो ।

‘सेती अस्पताल ल्याएपछि डायलासिस गराउन चिकित्सकहरुले सुझाव दिएका थिए’ मृतकका आफन्तले भने, ‘कोरोना परीक्षण नहुँदासम्म डायलासिस गर्न मिल्दैन भने । तर तीन दिनसम्म कोरोना परीक्षण नै भएन मंगलबार राति मृ’त्यु भयो ।’

सेती प्रादेशिक अस्पतालका अनुसार मंगलबार साँझ कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको वीरगं हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले भने डायलासिस गराउन पर्ने जानकारी मंगलबार मात्रै आएको बताए ।

‘भारतबाट आएका व्यक्तिसँग पनि सम्पर्क भएको देखिएकाले पीसीआर जाँच गराउन भनेका हौँ’ सेती प्रादेशिक अस्पतालका डा. शेरबहादुर कमरले भने, ‘अस्पतालमा ल्याएपछि सुरुवातदेखि नै डायलासिस गराउन आग्रह गरिएको हो ।’

सम्बन्धित खवर

Back to top button