मलेसियाबाट आज १८ शव आउँदै, भोलि साउदी अरबबाट १५ वटा शव ल्याइने

काठमाडौं, १२ असारः नेपाल एयरलाइन्सले शुक्रबार साँझ मलेसियाबाट १८ वटा शव लिएर आउँदै छ। विदेशबाट अलपत्र नेपालीको उद्धार भइरहेका बेला मलेसियामा बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाहरुको १८ शव नेपाल एयरलाइन्सले ल्याउन लागेको हो।

यसअघि कतार एयरलाइन्सले कतारबाट एकैपटक २० वटा शव ल्याएको थियो। स्रोतका अनुसार नेपाल एयरलाइन्सले शनिबार साउदी अरबबाट पनि १५ वटा शव ल्याउँदै छ।

शुक्रबार र शनिबार ल्याइएका सबै शव पुरुषका रहेको पनि स्रोतले जानकारी दिएको छ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा ज्यान गुमाएकाहरुको शव एकैपटक ठुलो संख्यामा ल्याउन लागिएको हो। निरन्तरको लकडाउन र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध रहेका कारण लामो समय खासगरी खाडीका देशहरुमा नेपालीका शव अलपत्र रहेका थिए।

शुक्रबारसम्म ५५ जनाको शव ल्याइसकिएको छ। वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको शव परिवारका घरसम्म पुर्‍याउने जिम्मा वैदेशिक रोजगार बोर्डको हुन्छ।

सम्बन्धित खवर

Back to top button