कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौँ, १९ असारः पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको निमयमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमलमे कुल संक्रमितको संख्या १५ हजार दुई सय ५९ पुगेको जानकारी दिए ।

८ सय २३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म २ लाख ४२ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

सम्बन्धित खवर

Back to top button