थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २० असारः नेपालमा आज ‘शनिबार’ थप २ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ ।

देशभरका २३ वटा प्रयोगशालाबाट चार हजार ५० जनामा गरिएको पिसिआर परीक्षणमा शनिबार उक्त संख्यामा कोरोना संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

शुक्रबारसम्म नेपालम कोरोना संक्रमितको संख्या १५ हजार दुई सय ५९ बाट बढेर शनिबार १५ हजार चार सय ९१ पुगेको हो।

आइसोलेसनमा ९ हजार ४२ जना छन्। अहिलेसम्म छ हजार चार सय १५ जना कोरोना निको भएर घर फर्किसकेको डाक्टर गौतमले जानकारी दिए। विगत २४ घण्टामा ७२ जना कोरोना निको भएका थिए।

अहिलेसम्म कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३४ पुगेको छ। शनिबार गोरखा पालुङटारका ४४ वर्षीय पुरूष र रूपन्देही देवदहका ७५ वर्षीय पुरूषको मृत्यु भएको हो।

सम्बन्धित खवर

Back to top button