झण्डै ७ हजार जना कोरोना संक्रमणमुक्त, आज १८० संक्रमित थप

काठमाडौँ, २२ असारः देशका विभिन्न ठाउँबाट कोरोना संक्रमण भई उपचारपछि निको हुनेको संख्या झण्डै ७ हजार नजिक पुगेको छ।

पछिल्लो २४ घण्टामा विभिन्न ठाउँका आइसोलेसन तथा अस्पतालबाट २६४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित अहिलेसम्म कोरोना संक्रमणमुक्त भएर ६ हजार ८११ जना डिस्चार्ज भएका छन्।

त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी १८० जना संक्रमित थप भएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ।

हाल देशका विभिन्न क्वारेन्टिनमा २९ हजार २१५ जना रहेका छन् भने कोरोना संक्रमण पुष्टि भएर आइसोलेसन बसेका व्यक्तिको संख्या ९ हजार ११८ छ।

सम्बन्धित खवर

Back to top button