थप ७० जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको कुल संख्या ८ हजार नाघ्यो

काठमाडौं, २७ असारः नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको पुष्टि भएको छ। यससँगै कोरोना स‌ंक्रमितको कुल संख्या १६ हजार पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टा ३ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म नेपालमा डिस्चार्ज हुनेको कुल संख्या ८ हजार ४ सय ४२ पुगेको छ।

सम्बन्धित खवर

Back to top button