थप १४४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २९ असारः नेपालमा सोमबार थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसका कारण प्रदेश २ मा ४, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा १०, कर्णाली प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा ५ जनाको मृत्यु भएको छ। प्रदेश १ मा भने हालसम्म कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।



यस्तै हाल प्रदेश १ मा २ हजार ५३७, प्रदेश २ मा ३ हजार २५, बागमती प्रदेशमा १ हजार ९४१, गण्डकी प्रदेशमा ३ हजार ७६९, प्रदेश ५ मा ४ हजार ९२३, कर्णाली प्रदेशमा १ हजार ७५८ र सुदुरपश्चिम प्रदेशमा ५ हजार ५१७ जना क्वारेन्टिनमा रहेका छन्।
अहिले प्रदेश नम्बर १ मा १ सय ८३, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७२ र बागमती प्रदेशमा ४ सय ५८ जना संक्रमित अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन्।
यस्तै गण्डकी प्रदेशमा ४ सय ९८, प्रदेश नम्बर ५ मा ७ सय २९, कर्णाली प्रदेशमा ३ सय ६१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय १२ जना संक्रमित उपचाररत रहेका छन्।
यस्तै आज प्रदेश १ मा ६ जना, प्रदेश २ मा ४१ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ८ जना, प्रदेश ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सुदुरपश्चिम प्रदेशमा १६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।








