थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ४ साउनः नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमित डिस्चार्ज भएको बताए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ११ हजार ६ सय ९५ पुगेको छ।

देशभरका २७ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल २२ हजार ६ सय ६२ जना क्वारेन्टिनमा रहेका छन्।

सम्बन्धित खवर

Back to top button