दाङमा एक वर्षमा २२ किलो लागु औषधसहित ४५ जना पक्राउ


दाङ, ६ असारः दाङमा प्रहरीले एक वर्षको अवधिमा २२ किलो बढी लागु औषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विभिन्न प्रकारका २२ किलो लागु औषधसहित ४५ जना व्यक्तिहरु पक्राउ गरेका छन्।
एक सय ८ ग्राम २ सय ८ मिलिग्राम ब्राउन सुगरसहित २७ पुरुष र ५ महिला पक्राउ परेका छन्।



त्यसैगरी, ११ किलो १६ ग्राम चरेससहित ८ जना, ८ किलो ५ सय ८० ग्राम अफिमसहित २ जना, २ किलो ५ सय ८० ग्राम गाँजासहित एक जना, नाइट्रोभेट २६ ट्याबलेट र ट्रामाडोल एक सय ट्याबलेटसहित २ जना पक्राउ गरेका छन्।
बितेको आर्थिक वर्षमा लागु औषधका ३२ वटा मुद्दा दर्ता गरेर उनिहरुमाथि कार्वाही प्रक्रिया चलिरहेको दाङका प्रहरी प्रमुख, एसपी गणेश चन्दले जानकारी दिए। दाङमा लागु औषधसहित व्यक्ति पक्राउ गर्ने क्रम रोकिएको छैन।
साथीहरुको दवाब, लहलहै, सामाजिक तथा पारिवारिक बहिस्कार आनन्द प्राप्तिसहित सम्पन्नता र गरिबीको कारण लागु औषध दुव्र्यसन र ओसारपसारमा व्यक्तिहरु संलग्न हुने गरेको प्रहरीको निष्कर्ष रहेको छ।








