एक पुरुषले काटे आफ्नै अण्डकोष घाँस काट्ने हसियाँ प्रयाग गरेर

काठमाडाैँ, ९ साउनः पुतलीबजार नगरपालिका–२ काभ्रे निवासी ४५ वर्षीय एक पुरुषले आफ्नै अण्डकोष घाँस काट्ने हसियाँ प्रयोग गरेर काटेका छन् । उनी हुन सुकबहादुर गुरुङ । उनले बुधबार साँझ आफ्नै अण्डकोष घाँस काट्ने हसियाँ प्रयोग गरेर आफैंले अण्डकोष काटी चुडिएको अवस्थामा उपचारका लागि अस्पतालमा ल्याएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले बताए ।

जिल्ला अस्पताल स्याङ्जामा केही उपचारपछि पोखरा रिफर गरिएको उपचारमा संलग्न डा.आशिष बस्ताकोटीले बताए । उनले भने– ‘उनीसँगै प्लास्टिकको झोलामा अण्डकोष राखेर ल्याइएको थियो । रगत थामिने केही उपचार गरेर पोखरा रिफर ग¥यौं ।’

उनको मानसिक सन्तुलन ठीक नरहेको पारिवारिक स्रोतले जनाएको छ । संयुक्त परिवारमा बस्दै आएका उनका १२ वर्षीया एक छोरी छन् भने पत्नी दोस्रो विवाह गरेर गएकी प्रहरीको भनाइ छ ।

सम्बन्धित खवर

Back to top button