थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौं, १२ साउनः एकैदिन १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२६ जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या १८ हजार ४५२ पुगेको छ भने १३ हजार ७५४ जना डिस्चार्ज भइसकेका छन् ।



४ हजार ९५० संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । देशभर १६ हजार ३७९ जना क्वारेन्टिनमा रहेका छन् । आज थपिएका संक्रमितमध्ये ललितपुरका ३ र काठमाडौंका ३ जना रहेका छन् । अन्य विभिन्न जिल्लाका रहेका छन् ।








