थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १३ साउनः नेपालमा मंगलबार थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ३११ जनामा संक्रमण देखिएको हो ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १२१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १३ हजार ८७५ पुगेको छ । हाल १५ हजार ३३१ जना क्वारेन्टाइनमा र ५१२९ जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित खवर

Back to top button