कोरोना संक्रमणबाट आज मृ’त्यु पुष्टि भएका तीन जनाको विवरण

काठमाडौं, १५ साउनः देशमा कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु हुनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप तीनजना पुरुषको कोरोना संक्रमणबाट मृ’त्यु भएको पुष्टि गरेको छ । तीनैजनाको हिजो निधन भएको थियो ।

मृ’त्यु हुनेमा एकजना मोरङका र दुईजना पर्साको वीरगञ्जका स्थायी बासिन्दा भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृ’तकमध्ये दुईजना दीर्घरोगी भएको समेत जानकारी दिइयो ।

मृतकको विवरण
१. मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष हुन् । १४ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेन्टिलेटरमा उपचारका क्रममा मृ’त्यु भएको हो। ज्वरो आई समस्या भएको थियो । भारत आवतजावत गरिहरने । कोभिड अस्पताल विराटनगरबाट धरान अस्पताल रिफर गरेको हो । १४ साउनमै कोभिड १९ पुष्टि भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृ’त्यु पुष्टि गरेको हो ।

२.पर्साको वीरगञ्जका ७० वर्षीय पुरुषको १४ साउनमा मृ’त्यु । मुटु तथा मृगौलाको समस्या भई ८ साउनमा नारायणी अस्पतालमा भर्ना भई उपचार भइरहेकोमा १४ साउनमा नि’धन भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृ’त्यु पुष्टि गरेको हो ।

३. पर्साको वीरगञ्जका ६८ वर्षीय पुरुषको १४ साउनमा मृ’त्यु । ७ साउनमा कोरोना पुष्टि भएको । मृगौलाको समस्या हुँदै आएका उनी झाडापखालाको उपचारका लागि निजी अस्पतालमा जाँच गराई १३ गते नारायणी अस्पताल पुगेको । आइसीयुमा राख्न नसकेपछि नेस्नल मेडिकल कलेजमा भर्ना भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृ’त्यु पुष्टि गरेको हो ।

सम्बन्धित खवर

Back to top button