झाडापखाला लागेकाकोमा पनि कोरोना परीक्षण

काठमाडौँ, १८ साउनः कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको मापदण्ड फराकिलो बनाएको छ ।

मन्त्रीतहको निर्णयबाट कोरोना भाइरसको संक्रमण भए–नभएको। थाहा पाउनका लागि गरिने परीक्षणको मापदण्ड परिवर्तन गरेर दायरा बढाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

परिवर्तित मापदण्ड अनुसार अब झाडापखाला लागेका तथा स्वाद र गन्ध थाहा पाउन कठिनाइ भएका व्यक्तिको कोरोना परीक्षण हुने भएको छ । यसअघिको मापदण्डमा पीसीआर परीक्षणका लागि ज्वरो आएको, खोकी लागेको, स्वासप्रस्वासमा समस्या देखिएको, संक्रमण फैलिएको क्षेत्रको वा संक्रमितको सम्पर्कमा आएको हुनु पर्ने उल्लेख थियो ।

यस्तै अग्रपंक्तिमा रहेर काम गरेका व्यक्तिको पनि परीक्षण हुन्छ । मन्त्रालयले दैनिक १८ हजारसम्मको परीक्षण गर्ने क्षमता रहेको बताए पनि त्यो भन्दा निकै कम परीक्षण हुँदै आएको छ । स्वास्थ्यविज्ञले संक्रमण नियन्त्रणमा लिनका लागि परीक्षणको दायरा बढाउनु पर्ने बताउँदै आएका छन् ।

पीसीआर परीक्षणको मापदण्ड यस्तो छ,

१. ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखालासहितको लक्षण देखिएका सबै बिरामी

२. सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिसहरू

३. गम्भीर श्वासप्रश्वासजन्य समस्या एसएआरआई० का बिरामीहरू

४. विदेशबाट आएका सबै मानिस ‘स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको पाँच–सात दिनभित्र’

५. अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू

६. विगत १४ दिनमा कोभिड १९ सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरू

७. आइसियुमा रहेका सबै बिरामीहरू

८. दीर्घरोगीहरू, प्रतिरोध क्षमता कमजोर भइसकेकाहरू ९विशेषतः ६० वर्ष उमेर पार गरेकाहरू०

९. चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरू ९आपत्कालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण रिपोर्ट कुर्नु नपर्ने०

१०. चिकित्सकीय मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका काेराना बिरामीको डिस्चार्जका लागि, तर लक्षणहीन तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न ‘कम्तीमा तीन दिन लक्षणहीन रहेको अवस्थामा’ परीक्षण रिपोर्ट नचाहिने ।

सम्बन्धित खवर

Back to top button