थप २४६ जनामा कोभिड १९ संक्रमण पुष्टि

काठमाडौं, १८ साउनः आइतवार थप २४६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै जम्मा संक्रमित संख्या २ हजार ३ सय ३२ पुगेको छ । आज ८ हजार ८ सय ६१ को पीसीआर गर्दा २ सय ४६ लाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले १११ जना डिस्चार्ज भएको बताए। हालसम्म निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ। मन्त्रालयले थप एक जनाको मृत्यु भएको बताएको छ। संक्रमित मृतक संख्या ५७ पुगेको छ।

सम्बन्धित खवर

Back to top button