सर्वोच्चका सवारी चालकहरु कोरोना संक्रमित


काठमाडौँ, २१ साउनः सर्वोच्च अदालतका तीन जना कोरोना संक्रमित सवारी चालकहरु पछिल्लो समय न्यायाधीशहरुको सवारीमा संलग्न नरहेको पाइएको छ।
सर्वोच्च स्रोतका अनुसार तीनै जना संक्रमित चालकहरु पछिल्लो समय ‘पुल’मा कार्यरत रहेका र न्यायाधीशहरुको सवारीमा संलग्न थिएनन्। उनीहरु न्यायाधीशहरुसँग कुनै सम्पर्कमा नरहेको स्रोतले जानकारी दिएको छ।



सर्वोच्च अदालतको सवारी चालक पुलमा कार्यरत तीनै जना संक्रमितहरुलाई सोमबार नै आइसोलेसनमा पठाइएको जानकारी पनि सर्वोच्च स्रोतले दिएको छ।
सर्वोच्च अदालतमा केही दिनअघि अधिकांश कर्मचारी, सुरक्षाकर्मी र सवारी चालकहरुको स्वाब संकलन गरिएको थियो।








