थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, २३ साउनः नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएकाे बताए । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुकाे संख्या १५ हजार ८ सय १४ पुगेकाे छ ।



पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । हाल देशभर १० हजार २ सय ७ क्वारेन्टिनमा रहेका छन्। देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेकाे छ ।








