थप ७० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडाैँ, २७ साउनः वीरगञ्जमा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेहरूमा पर्सा जिल्लाका ६५ जना र बाराका ५ जना रहेका छन्। वीरगञ्जका दुईजना डाक्टर, चार प्रहरी, पर्सा प्रहरीको थुनुवा कक्षमा रहेका पाँचजना थुनुवा, नारायणी अस्पतालमा कार्यरत रहेका चार कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।



सोमबार राति संक्रमण पुष्टि हुनेहरूमा वीरगञ्ज १ छपकैयाका तीन महिला दुई पुरुष, बिर्ताका १० जना, माइस्थानका चारजना, आदर्श नगरका चारजनामा पनि कोरोना संक्रमण देखिएको छ।
पर्साको धोबिनी गाउँपालिका एक जना, जगरनाथपुरका ३ वर्षकी एक बालिका र एक महिलामा पनि संक्रमण भएको पाइएको छ।
यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका एक र निजगढका दुईजनामा समेत संक्रमण देखिएको छ।








