मंगलबार थपिए ६३८ संक्रमित, १७१ जना निको भए


काठमाडौँ, २७ साउनः नेपालमा आज मंगलबार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ६३८ जनामा संक्रमण देखिएको हो ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १७१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १६ हजार ६६४ पुगेको छ ।
हाल ७२०१ जना आइसोलेसनमा रहेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ पुगेको मन्त्रालयले जनाएको छ ।











