थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, २८ साउनः नेपालमा आज बुधबार ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४८४ जनामा संक्रमण देखिएको हो ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १४ हजार ८४६ पुगेको छ ।



हाल ७६१३ जना आइसोलेसनमा रहेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको मन्त्रालयले जनाएको छ ।








