उपत्यकामा थप १३८ जनामा कोरोना पुष्टि


काठमाडाैँ, २८ साउनः पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप १३८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैँका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जनामा कोरोना पुष्टि भएकाे हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा काठमाडाैँका १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा भक्तपुरका १ जना, काठमाडाैँका २९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडाैँका ११ जना र ललितपुरका १४ जनामा कोरोना पुष्टि भएकाे हो।



यस्तै वीर अस्पतालमा गरिएको परीक्षणमा गरिएकाे परीक्षणमा भक्तपुरका २ जना र काठमाडाैँका २ जना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना र काठमाडाैँका ११ जना र ललितपुरका १ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडाैँका २२ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएकाे छ।
यसैगरि स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडाैँका ९ जना र ललितपुरका २ जना, विध ल्याबमा गरिएकाे परीक्षणमा काठमाडाैँका ५ जना र ललितपुरका २ जना, ह्याम्स अस्पतालमा गरिएकाे परीक्षणमा काठमाडाैँका ८ जना र भक्तपुरका १ जना र वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाडाैँका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।








